हिसान गण्डकी फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक

पाेखरा | फागुन ५, २०७९

हिसान गण्डकी फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक

पोखरा:   फागुन ७ देखी पोखरामा शुरु हुने प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । फागुन ७ गते देखी १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका छन् ।


सार्वजनीक भएको खेल तालिका अनुसार माउन्ट अन्नपुर्ण र कास्की मोडनाइजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने छन् । त्यसै गरी दोस्रो खेल सृजना स्कुल र जेसिए बिच हुनेछ । पहिलो दिन पाँच खेल हुने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।


पहिलो दिनको तेस्रो खेल बालविकास र चिल्डेन लाइफ बिच हुने छ भने चौथो खेल सगरमाथा वि र गैडाकोट नमुना स्कुल बिच हुनेछ । पहिलो दिनको अन्तिम खेल लिटिल स्टेप मावि पोखरा र फियुचर ब्राइट स्कुल बाग्लुङका बिच हुने पराजुलीले बताए । सगरमाथा ए, करुणनीधि फाउन्डेसन र द वल्ड क्यापिटलले बाइ पाएका छन् ।


दोस्रो दिन क्वाटर फाइनलका ४ खेल हुने छन् भने तेस्रो दिन सेमिफाइनलका २ खेल हुनेछ । फागुन १० गते फाइनल हुनेछ ।


कास्कीबाट ८, बागलुङबाट २, नवलपुरबाट २ र गोरखाबाट १ गरि १३ टिमले प्रतियोगितामा सहभागीता जनाएको प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगलले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्